Logo

प्रमुख समाचार

शहीदहरूको बलिदान खेर जान दिदैनौं: प्रधानमन्त्री सुशीला कार्की



प्रधानमन्त्री सुशीला कार्कीले युवाको आवाज र भावना विगतका सरकारले पर्याप्त ध्यान नदिएको बताएकी छन् ।
जेनजी आन्दोलनको एक महिनाको अवसरमा जारी गरेको भिडियोमा उनले वर्तमान सरकारले युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। उनले शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्म प्रयास गर्ने बाचा समेत गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनिन्, “युवा पुस्ताले गरेको क्रान्ति हामी सबैले स्वीकार गर्नुपर्छ। देशप्रतिको प्रेम र अपेक्षाका बीच युवामा केही निराशा छ। ती भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरूले युवाको मागलाई सम्बोधन गर्न सकेनन्। यसका लागि हामीले आफ्ना कमजोरी र गल्ती विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।”
युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र नभइ देश सुधार्ने शक्ति भएको कार्कीको भनाइ छ । उनले भनिन् , युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र होइन, देश सुधार्ने शक्ति हो। त्यसैले यसलाई नजरअन्दाज गर्न मिल्दैन। प्रधानमन्त्री कार्कीको यो सम्बोधनले वर्तमान सरकारको युवा प्रति दृष्टिकोण र जवाफदेहिता स्पष्ट रूपमा देखाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार २३:३३   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।