Logo

समाचार

काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान



काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका विभिन्न ३२ केन्द्रबाट बिक्री वितरणको व्यवस्था गरेको छ ।

तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्री वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु-याउन ३२ स्थानलाई बिक्रीस्थल तोकिएको उनले बताए ।

उनले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नका लागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत बताए ।

कार्तिक १ देखि ६ गतेसम्म सहज रूपमा स्वदेशी फूलको बिक्री वितरणको व्यवस्था गरिएको महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढीको फूलको कारोबार हुने अनुमान छ ।

बिक्री वितरणको तोकिएका लागि स्थानहरु:
एन. वि. सेन्टर नयाँ वानेश्वर
बिग मार्ट : शंखमुल
आइ प्लेक्स मल : नयाँ बानेश्वर
सेल्स बेरी : मध्यबानेश्वर
फोनेक्स टावर : बत्तिसपुतली
तिनकुने चौर तिनकुने
सिफल चौर : सिफल
ए.सी. कम्लेक्स : चावहिल गणेशस्थान तरकारी बजार
के. एल. टावर अगाडि, चावहिल
चावहिल सेन्टर अगाडि
स्वयम्भू : धर्म चक्र पार्क
कालिमाटी : कालिमाटी बाङ्गक्यूट
कालिमाटी धौखेल
कलंकी भाटभटेनी
नयाँ बजार : भ्याली कोल्ड स्टोर
माछापोखरी : बुद्ध महल
माछापोखरी : गुणस्तर खाल्डो
हॉडिगाउँ : ५ वडा अगाडिको डबली
हाँडिगाउँ : ५ वडा गणेश मन्दिर डबली
कोइराला स्मार्ट : २६ वडा सामाखुशी
सेल्सबेरी : महाराजगञ्ज
गंगवु : विगमार्ट
चपलकारखाना : विगमार्ट
बालुवाटार : विगमार्ट
कमलादी : का.म.पा. २८
पुतली सडक : का.म.पा. २८
अनामनगर : का.म.पा. २९ : भाटभटिनी
टेवाल मन्दिर परिसर
सुन्धारा काठमाडौं महल
का.म.पा. २८ अद्भुतमार्ग वडा कार्यालय बनाउने ठाउंमा
न्यूप्लाजा बग्र कम्लेक्स गुडमार्ट

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:३४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।