Logo

प्रमुख समाचार

सुन तस्करी प्रकरण: कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै



काठमाडौं ।  पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी अनुसन्धानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गरिँदैछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुरको खुमलटारबाट उनलाई पक्राउ गरेको थियो । चिनियाँ नागरिकले ‘भेप’मा लुकाएर ल्याएको सुन प्रकरणमा महराको संलग्नता देखिएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

महरालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिने भएको हो । यसअघि पनि २०८० चैत ५ मा महरा पक्राउ परेका थिए तर हाजिर जमानीमा रिहा भएका थिए ।

त्रिभुवन विमानस्थल भन्सारले जफत गरेको ७३० वटा ‘भेप’ छुटाउन महरा र उनका छोरा राहुलको संलग्नता देखिएका थिए । राहुल यसअघि नै पक्राउ परेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १०:४१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।