Logo

प्रमुख समाचार

ओलीको टिप्पणी- जेनजी पुस्तालाई धोकामा पारियो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका सहभागीहरूलाई धोकामा पारिएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीबाट निवृत्त भएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका ओलीले आन्दोलनलाई तीन भागमा हेर्ने गरेको बताउँदै सहभागी युवाहरूको मागलाई न्यायोचित भने तर आन्दोलनको रूपान्तरणप्रति शंका व्यक्त गरे।

उनका अनुसार जेनजी आन्दोलनका मुख्य तीन माग – भ्रष्टाचार अन्त्य, सुशासनको सुनिश्चितता र सामाजिक सञ्जाल खोल्नुपर्ने – हुन्। ओलीले भने, “जेन–जीलाई धोकामा पारियो, जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो।”

प्रधानमन्त्रीको राजीनामाको माग आन्दोलनको सुरुआती उद्देश्य थिएन भन्दै ओलीले जनस्तरको विरोधलाई संसद् भवनतर्फ मोडिएको आरोप लगाए ।

 

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:२४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।