बिर्तामोड । डोंगफेङ नामीको अधिकृत आयातकर्ताएमएडब्लू वृद्धि मोटर्स प्रा. लि.बिर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ । कम्पनीले यो कदमलाई एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बलराम थापा, झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य, प्रशन्न पन्त, एमएडब्लू वृद्धि मोटर्सका सीईओसाथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिर्तामोडको केन्द्रमा अवस्थित नयाँ सोरूमले आगन्तुकहरूलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्ने बताइएको छ । ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ । बिर्तामोड शोरूम उद्घाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ ।
बिर्तामोडमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिरगतेसम्म बिर्तामोड, चारपानेमा अवस्थित डोङ्गफेङ्ग नामी शोरुममा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ। यस अवधिमा, ग्राहकहरूले नामी 01, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन् ।
यस कार्यक्रममा नामी 01विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस 3अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन् ।




















प्रतिक्रिया