जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् ।
अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् ।
मोरङ प्रहरीले पाँचै जनालाई आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ ।
अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । मोदी मन्त्री हुँदा पनि स्वकीय नै थिए ।
घटनास्थलका सार्वजनिक भिडियोमा आगजनी गर्दा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया