Logo

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा रामायण र महाभारत सुन्दै हुर्किएका थिए



अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बाल्यकालमा रामायण र महाभारतका कथा सुन्दै हुर्किएको उल्लेख गरेका छन् । आफ्नो नयाँ संस्मरणमा उनले यस विषय उल्लेख गरेका हुन् ।  इन्डोनेशियामा रामायण र महाभारतका कथा सुन्दै हुुर्किएकाले आफुलाई भारत सधैं विशेष लाग्ने गरेको उनले उल्लेख गरेका छन् ।

‘विश्वको १ अर्ब जनसंख्या बसोबास गर्ने भएकाले पक्कै पनि यो ठूलो हुनसक्छ, जहाँ झन्डै २ हजार फरक जातिय समूह बस्छन् र ७ सयभन्दा धेरै भाषा बोलिन्छ,’ भारतबारेको बाल्यकालको आफ्नो कल्पनालाई ओबामाले नयाँ पुुस्तक ‘द प्रोमिस्ड ल्यान्ड’ मा यसरी उतारेका छन् ।

२०१० मा राष्ट्रपतिय भ्रमणका क्रममा ओबामा भारत आएका थिए । यसअघि आफु कहिल्यै भारत नआएपनि आफ्नो कल्पनामा भारतको स्थान विशेष रहेको उनले बताए । ‘यसकारण हुनसक्छ किनकी मैले आफ्नो बाल्यकाल इन्डोनेशियामा बिताए, जहाँ महाभारत र रामायणका हिन्दुु कथाहरु सुन्थें र यो कारण पनि हुनसक्छ किनकी मलाई पूर्वीय धर्ममा रुची छ । वा यसकारण पनि किनकि कलेजमा मलाई पाकिस्तानी र भारतीय साथीभाईहरुको समूहले दाल र किम पकाउन सिकाएका थिए र उनीहरुले नै मलाई बलिउड फिल्म हेर्न सिकाएका थिए,’ ओबामाले लेखेका छन् ।

अमेरिकाका ४४ औं राष्ट्रपति ओबामाको यो पुस्तक मंगलबारदेखि बुकस्टोरहरुमा उपलब्ध हुँदैछ । उनले यस पुस्तकमा सामान्य व्यक्तिदेखि विश्वकै शक्तिशाली राष्ट्रको कार्यकारी प्रमुख बन्दासम्मका अनुुभव उतारेका छन् । 
 

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।