Logo

राजनीति

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छः नेता कार्की



काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आज भएको पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टी एकढिक्का राख्न संवाद जारी रहेको बताएका हु्न् ।

छलफलमा पार्टीलाई एकजुट बनाएर देशलाई अहिलेको सङ्कटबाट मुक्त गरेर जनताको चाहनाअनुसार पार्टी अगाडि बढ्नुपर्नेमा सबैको जोड रहेको नेता कार्कीको भनाइ थियो ।

यसैगरी पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले हदैसम्म लचक भएर पार्टी विभाजनलाई रोक्न र पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको जानकारी दिए । त्यसका लागि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग संवाद भइरहेको उनले बताए ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १९:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।