Logo

प्रमुख समाचार

त्रिपक्षीय बैठकपछि नेपाली कांग्रेसको विवाद समाधान प्रयास जारी, दिउँसो पुनः वार्ता हुने



काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि बसेको त्रिपक्षीय बैठक तत्कालका लागि टुंगिएको छ । नेताहरूबीच भएको सहमतिअनुसार आज दिउँसो २ः३० बजे पुनः बैठक बस्ने निर्णय भएको छ ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वानको माग अघि सारेको छ भने अर्को पक्ष त्यसप्रति असहमत देखिएको छ । यही विवाद समाधानका लागि विहानदेखि तीन पक्षका नेताहरू छलफलमा जुटेका थिए ।

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले प्रारम्भिक रूपमा विषय प्रवेश मात्र भएको बताए ।

बैठकमा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए । सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी भएका थिए भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल उपस्थित थिए ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १२:०५   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।