Logo

राजनीति

सुशीला सरकार विस्थापित गर्न विप्लव र मिराज एक ठाउँमा उभिए, यस्तो छ चार बुँदे सहमति



काठमाडौं । संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच सहमति भएको छ । संयुक्त जेनजी आन्दोलनको तर्फबाट संयोजक मिराज ढुंगाना र नेकपा (माओवादी) का महासचिव विप्लव सीले हस्ताक्षर गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनको लागि संघर्ष गर्ने कुरा उल्लेख गरिएको छ । यस्तै, जेनजी विद्रोहका मागहरु पूरा गर्न संघर्ष गर्ने कुरा दोस्रो बुँदामा उल्लेख गरिएको छ ।

आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनःसंरचनाका लागि संघर्ष कुरा पनि सहमतिमा समावेश गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार २०:४३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।