Logo

खेलकुद

प्रभुराम राई पुरुष फुटबल प्रतियोगिता सुरु



खोटाङ । प्रभुराम राई पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । खोटाङको बुइपास्थित यलम्बर रंगशालामा बुधबार प्रतियोगिता सुरु भएको हो ।

खेलको उद्घाटन एन्फा महासचिव किरण राईले गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बुइपा-११ स्पोर्ट्स क्लबले ऐंसेलुखर्क गाउँपालिकालाई ४–० ले विजय सुरुवात गरेको छ ।

त्यस्तै माघ ८ गतेको पहिलो खेल खाराम्बु स्पोर्ट्स क्लब खार्मी र खोटाङ फुटबल एकेडेमी केफए, दोस्रो खेल नेर्पा स्पोर्ट्स क्लब र सिर्जना युवा क्लब धरान तथा तेस्रो खेल रणभीम गण मुढे र गछिया युवा क्लब मोरङबीच हुने आयोजकले जनाएको छ ।

उद्घाटन खेलको म्यान अफ द म्याच, बुइपा-११ स्पोर्ट्स क्लबका जर्सी नम्बर ११ का पविन राई घोषित भएका छन् । खेलमा १० टिम सहभागी भएका छन् ।

खेलका विजेताले तीन लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलिष्ट दुई टिमले ५०–५० हजार नगद पाउने जिल्ला फुटबल संघ खोटाङका कोषाध्यक्ष रोसन राईले जनाएका छन् ।

विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीले ३० हजारसहित मेडल र प्रमाणपत्र पाउने छ । खेलको बेष्ट कोच, बेष्ट गोल्ड किपर, बेष्ट मिड फिल्डर, बेष्ट डिफेण्डर, बेस्ट स्ट्राइकरले जनही १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

म्यान अफ द म्याचले दुई हजार ५ सयसहित मेडल र प्रमाणपत्र पाउने राईले बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार ०६:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।