Logo

प्रमुख समाचार

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ



काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहितका प्रतिवादीमाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरेको छ। कुनै अध्ययनविना टेरामक्स खरिदको निर्णय गरिएको, कानुनी पूर्वाधार नहुँदा पनि प्रणाली लागू गर्न खोजिएको र मिलेमतोमा बदनियतपूर्ण निर्णय गरिएको अख्तियारको आरोप छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ११:०१   :  बजे

1.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।