काठमाडौं । मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक मूल्य हो ।
सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया