काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४२.५८ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ ।
आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।
आज १४ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया