काठमाडौं । विशेष अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डका बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसमेतको मिलेमतोमा भिजिट भिसाका नाममा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदी विरुद्ध मुद्दा दायर गरेको थियो ।
आयोगले गत २५ मङ्सिरमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा प्रतिवादी रहेका भट्टराई यसअघि नै पाँच लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।




















प्रतिक्रिया