Logo

अर्थ

सुनको मूल्य ३ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ३५० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आज चाँदी ५ हजार रुपैयाँ तोला कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ३५० रुपैयाँ तोला कारोबार भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ११:४८   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।