काठमाडौं । नेपाल राष्ट्र बैंक ग्लोबल आईएमइ बैंकलाई कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नियामकीय निर्देशन पालना नगरेको ठहर गर्दै राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक लाई कारबाही गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार स्थलगत तथा कागजी निरीक्षणका क्रममा कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रणसम्बन्धी कमजोरी भेटिएको थियो।
ती कमजोरी सुधार गर्न निर्देशन दिईएकोमा अटेर गरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही स्वरुप सचेत गराइएको जनाएको हो।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले जारी गरेका एकीकृत निर्देशन र प्रावधानको पालना अनिवार्य रहेको उल्लेख गर्दै भविष्यमा यस्ता त्रुटि दोहोरिए थप कडा कारबाही हुन सक्ने संकेत दिएको छ। राष्ट्र बैंकले ग्लोबलसहित अन्य २ बैंकलाई पनि कारबाही गरेको छ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूको कर्जा प्रवाह, जोखिम व्यवस्थापन, पूँजी पर्याप्तता तथा आन्तरिक सुशासनसम्बन्धी विषयमा कडाइ गर्दै निरीक्षण र नियमन तीव्र पारेको छ।
यस कारबाहीलाई बैंकिङ क्षेत्रमा नियामकीय अनुशासन कडाइका रूपमा हेरिएको छ।




















प्रतिक्रिया