काठमाडाैं । आज सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुनको मूल्य ३ लाख ३ हजार ५ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया