काठमाडाैं । सुनको मूल्य आज पनि घटेकाे छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य ३ लाख २ हजार ८ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८८५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया