काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँलाई प्रसाईंलाई चार दिनसम्म हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए ।




















प्रतिक्रिया