Logo

विविध

बम विस्फोटको घटनाप्रति बारको भर्त्सना



काठमाडौँ । नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत बार एसोसिएसन अगाडि अधिवक्ता मधुसुदन यादवको ल फर्ममा बम विस्फोट भएको घटनाप्रति घोर भर्त्सना गरेको छ ।

आज ४ बजे बम विस्फोट हुँदा ल फर्मको सिसा र भित्र रहेका कामजात तथा फर्निचरहरुमासमेत क्षति भएको छ ।

नेपाल बार एसोसिसनका महासचिव केदारप्रसाद कोइरालाले भन्नुभयो, “बार सो घटनाप्रति घोर भर्त्सना गर्दछ, घटनाको छानबिन गरी, दोषीउपर कारबाही गर्न र ल फर्ममा भएको क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछ ।”

सो घटना कस्ले गराएको र के कति कारणले बम विस्फोट भएको भन्नेबारे पूर्ण विवरण भने आएको छैन।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार २१:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।