Logo

अर्थ

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२० को विन्दुमा कायम भएको छ ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ ।

आज १४ अर्ब ५५ करोडको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १५:१९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।