Logo

अर्थ

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शुक्रबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६२ रुपैयाँ,

आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो २५ रुपैयाँ,

काउली स्थानीय (ज्यापू) प्रतिकिलो ३५ रुपैयाँ, काउली तराई प्रतिकिलो ३० रुपैयाँ, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ,

सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ,

घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ४० रुपैयाँ,

तिते करेला प्रतिकिलो ११० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ११० रुपैयाँ, घिरौँला प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १५ रुपैयाँ,

हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ र स्कुस प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ८० रुपैयाँ, चमसुर प्रतिकिलो ८० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३५ रुपैयाँ, मेथी प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४५ रुपैयाँ,

बकुला प्रतिकिलो ३५ रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ३० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजीवन प्रतिकेजी १२० रुपैयाँ, कोइरालो प्रतिकिलो ३५० रुपैयाँ,

रातो बन्दा प्रतिकिलो ४५ रुपैयाँ, जिरीको साग प्रतिकिलो ४० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ६० रुपैयाँ, सेलरी प्रतिकिलो रुपैयाँ १२० रुपैयाँ, पार्सले प्रतिकिलो २०० रुपैयाँ,

सौफको साग प्रतिकिलो ८० रुपैयाँ, पुदिना प्रतिकिलो १६० रुपैयाँ, गान्टे मूला प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ, गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ र रूखटमाटर प्रतिकेजी २८० रुपैयाँ तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ , स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) २०० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार प्रतिकिलो ३२० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २२० रुपैयाँ,

अङ्गुर (कालो) प्रतिकिलो ३२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६५रुपैयाँ,

काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, रुख कटहर प्रतिकिलो १२० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ,

मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, लप्सी प्रतिकिलो ३००, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ४०० रुपैयाँ, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ०८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।