Logo

अर्थ

६४ अंकले बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार



काठमाडौं । आज सेयर भारी अंकले बढेको छ । नेप्से परिसूचक ६४.६७ अंकले बढेर २,८७७ को विन्दुमा कायम भएको छ ।

आज २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।

आज २१ अर्ब २२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.१२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १५:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।