Logo

समाचार

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ



काठमाडौं। प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बाघको छाला बिक्रीको अभियोगमा केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका तनहुँको देवघाटका ५६ वर्षीय विष्णुबहादुर गुरुङ जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका थिए।

गुरुङ बाघको छाला बिक्री व्यवसाय गरेको मुद्दामा १५ वर्ष कैद सजाय र रु एक लाख जरिवाना फैसला भई कागारार जीवन बिताइरहेका थिए।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जेनजी आन्दोलनका क्रममा फरार गुरुङलाई आज कङ्कीबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउपरेका गुरुङलाई बाँकी कैद भुक्तान गर्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको उनले बताए।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार २१:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।