काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३ .३ अंकले बढेर २९६०.४० को विन्दुमा बन्द भएको छ ।
आज ३४१ कम्पनीको कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडिसीएलको ४५ करोड ७० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ .९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९ . ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।





















प्रतिक्रिया