Logo

विविध

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झन्डा



इनरुवा । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । इनरुवा नगरपालिका–७ मा निर्माणाधीन ग्रिन सिटी पार्कभित्र २१० फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको हो ।

पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणका बिच इनरुवामा सो झन्डा राखिएको हो । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी राष्ट्रिय झन्डाको झन्डात्तोलन गरिएको थियो ।

ग्रिन सिटी परियोजनाअन्तर्गत इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा राखेको डीएन ग्रुपले जनाएको छ । अग्लो राष्ट्रिय झन्डासहित निर्माणाधीन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरूले इनरुवाको पर्यटन र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १७:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।