काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.४५ अ.कले घटेर २,९३५ को विन्दुमा कामय भएको छ ।
आज ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज १५ अर्ब ९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै अभियान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।





















प्रतिक्रिया