Logo

समाचार

सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित



काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । मंगलबार समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो ।

ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

उनले भने, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १६:२३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।