काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको ४ लाख ९७ हजार ९६० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो समयसीमाभित्र काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।





















प्रतिक्रिया