Logo

शिक्षा

विद्यालयका हेडसर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै १ करोड बिगो



काठमाडौं । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रअ उपाध्याय र लेखापाल आचार्यविरुद्ध मुद्दा दायर गरेको हो ।

दमक नगरपालिकामार्फत् आर्थिक वर्ष २०७७/७८ देखि भएको भवन निर्माणमा पहिलो तलाको वास्तविक मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रूपैयाँ रहेकोमा नक्कली बिल, बिजक र भरपाइ बनाएर २ करोड ७ लाख ७९ हजार ९२२ रूपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ ।

भवन निर्माणमा ५९ लाख २६ हजार ६८६ रूपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ । त्यस्तै दुईजनाको मिलेमतोमा २०७७/०७८ देखिकै बेरुजु रकम १६ लाख ६० हजार १०१ रूपैयाँ व्यक्तिगत प्रयोग गरेको १७ लाख ९६ हजार ५२१ रूपैयाँ पनि थप हिनामिना गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलवार १४:४६   :  बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।