Logo

गाउँपालिकाको कार्यालयमा बम बिस्पोट



उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालयमा आइतबार राति बम विस्फोट भएको छ । कार्यालयमा राति करिब १:१५ बजे ठूलो आवजसहित बम विस्फोटन भएको हो । गाउँपालिका कार्यालयको नागरिक सहायता कक्षमा बम विस्फोट भएको गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताएका छन् ।

अर्को बम भने सोहि कार्यालयको गेटमा राखिएको थियो । बम विस्फोटन हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूणरुपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताएका छन् ।

बाहिरपट्टि गेटपनि अर्काे बम राखिएको हुँदा घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दाहालले बताए । 

बम विस्फोटको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन । गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा महेन्द्ररत्न माध्यमिक विद्यालयको भवनमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।

बम विस्फाेटन कसले र किन गराएको भन्ने आफूहरुलाइ केहि पत्तो नरहेको गाउँपालिका प्रमुख थापाले बताए । अहिलेसम्म कुनै समूह, व्यक्ति, संस्थाबाट कसैले कुनै किसिमको चन्दा, धाम्की केही नदिएको उनले बताए ।  उदयपुरका–८ स्थानीय तहमध्ये ताप्ली गाउँपालिका सबैभन्दा विकट मानिन्छ । 

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।