Logo

अर्थ

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले पाउँछन् नेपाल बैंकमा १५ लाखसम्म विनाधितो ऋण



काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच कर्मचारी लक्षित कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौताअनुसार राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरूले बिना धितो अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार नेपाल बैंकले संस्थानको सिफारिसका आधारमा त्यहाँ कार्यरत कर्मचारीलाई सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ। यसले कर्मचारीहरूको व्यक्तिगत तथा पारिवारिक आर्थिक आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंकका काठमाडौँ बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी तथा संस्थानका व्यवस्थापक भोला नाथ घिमिरेले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल तथा राष्ट्रिय बीमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, शिशिर चन्द्र देवकोटा र सहायक व्यवस्थापक आशिष राईलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।