काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
मोरक्कोले दोस्रो हाफको सुरुमै खेलमा अग्रता लिएको थियो। खेलको ५०औँ मिनेटमा Achraf Hakimi ले पेनाल्टी क्षेत्रको छेउबाट दिएको फ्रि–किक पासलाई Azzedine Ounahi ले विपक्षी खेलाडीहरूको भीडबीचबाट उत्कृष्ट रूपमा गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८२औँ मिनेटमा पुनः ओनाहीले उत्कृष्ट फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरेपछि मोरक्कोको जित लगभग सुनिश्चित भएको थियो।
त्यसपछि खेलको ९०+ अतिरिक्त समयमा राहुमीले थप गोल गरेपछि मोरक्कोको जित लगभग सुनिश्चित भएको थियो।
तिन गोलको अग्रता अन्तिमसम्म जोगाएको मोरक्कोले खेल ३–० ले आफ्नो पक्षमा पार्दै अन्तिम आठ अर्थात् क्वाटरफाइनलमा स्थान बनायो। पराजयसँगै क्यानडाको विश्वकप यात्रा राउन्ड अफ १६ मै समाप्त भएको छ।




















प्रतिक्रिया