Logo

अर्थ

एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयमा शैक्षिक तथा प्रविधि सामग्री सहयोग



काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका चार सामुदायिक माध्यमिक विद्यालयहरूलाई शैक्षिक तथा सूचना–प्रविधि सामग्री सहयोग प्रदान गरेको छ।

बैंकले नवदुर्गा गाउँपालिका–१, डडेल्धुरास्थित भुवनेश्वरी माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका–५, रुकुम पश्चिमस्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय, मंगलसेन नगरपालिका–९, अछामस्थित मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तथा मंगलसेन नगरपालिका–१४, अछामस्थित अन्नपूर्ण माध्यमिक विद्यालयलाई सहयोग उपलब्ध गराएको हो।

भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १५३ भन्दा बढी विद्यार्थीहरूलाई लक्षित गर्दै बैंकले २ वटा प्रोजेक्टर हस्तान्तरण गरेको छ। सो हस्तान्तरण कार्यक्रम असार १७ गते बैंकका डडेल्धुरा शाखा प्रमुख पदम राज भट्टको उपस्थितिमा सम्पन्न भएको हो।

त्यसैगरी, १ हजार ८७ भन्दा बढी विद्यार्थी अध्ययनरत यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई प्रिन्टर प्रदान गरिएको छ। उक्त सामग्री असार १८ गते रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगरले विद्यालयका प्रधानाध्यापक कम प्रसाद देवकोटालाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी, मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २ ल्यापटप, ४ डेस्कटप कम्प्युटर र १ प्रिन्टर प्रदान गरिएको छ। उक्त विद्यालयमा ४८३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सो सामग्री साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर रावल र प्रधानाध्यापक तेज बहादुर रावललाई हस्तान्तरण गरेको हुन् ।

त्यसैगरी, अन्नपूर्ण माध्यमिक विद्यालयलाई पनि २ ल्यापटप, ४ डेस्कटप कम्प्युटर र १ प्रिन्टर उपलब्ध गराइएको छ। सो विद्यालयमा ४०५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार १२:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।