काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
प्रहरीले नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल लगेको प्रहरी प्रवक्ता एसपी भट्टराईले बताए । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।
घटनाको अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।




















प्रतिक्रिया