काठमाडाैं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गते सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ अर्थात् आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा परे पनि आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
चालु आर्थिक वर्षको अन्तिम समयमा सरकारी तथा अन्य भुक्तानी प्रक्रियालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
आरटीजीएस प्रणालीमार्फत ठूलो रकमको भुक्तानी तत्कालै सेटलमेन्ट हुने भएकाले आर्थिक वर्षको अन्त्यतिर हुने भुक्तानी व्यवस्थापनमा यसले सहजता ल्याउने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया