Logo

अर्थ

सेयर बजारमा झिनो अंकको गिरावट, ६ अर्ब ८६ करोडकाे काराेबार



काठमाडौं । आज पनि सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.१३ अंकले घटेर २६०० को विन्दुमा कायम भएको छ ।

आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब ८६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरको इकाई कारोबार भएको छ । यसको ८९ करोड ९१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । आरबीबी डिबेञ्चरको ६९ करोड ८५ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस संस्थाका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भगवती हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १५:१९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।