काठमाडाैं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । आज सुनको ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ८७ हजार ४ सय कायम थियो ।
चाँदीको मूल्य भने आज घटेको छ । चाँदी ३५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४७५ रुपैयाँमा सीमित बनेको छ ।




















प्रतिक्रिया