काठमाडौं। स्मार्टफोन ब्रान्ड होनोरले आफ्नो नयाँ होनोर ६०० शृङ्खलामा लागू गरिएको विशेष अफरको अवधि जुलाई ३१ सम्म थप गरेको छ।
कम्पनीका अनुसार होनोर ६०० फाइभजी वा होनोर ६०० प्रो फाइभजी खरिद गर्ने ग्राहकले १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको होनोर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन्। यो अफर नेपालभरका आधिकारिक होनोर बिक्री केन्द्रमा स्टक उपलब्ध रहेसम्म लागू हुने कम्पनीले जनाएको छ।
होनोर ६०० शृङ्खलामा एआई इमेज–टु–भिडियो २.०, एआईमा आधारित फोटो सम्पादन सुविधा र फ्ल्यागशिप स्तरको क्यामेरा प्रणाली समावेश गरिएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यी विशेषताले स्मार्टफोन फोटोग्राफी र एआई अनुभवलाई थप प्रभावकारी बनाउनेछन्।
होनोर ६०० फाइभजीमा ७,००० एमएएच क्षमताको सिलिकन–कार्बन ब्याट्री, स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर र एमोलेड डिस्प्ले रहेको कम्पनीले जनाएको छ। दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङका लागि यसले सहज र भरपर्दो प्रदर्शन दिने दाबी गरिएको छ।
कम्पनीका अनुसार निःशुल्क प्रदान गरिने होनोर च्वाइस वाच २ प्रोमा स्वास्थ्य तथा फिटनेस ट्र्याकिङका साथै लामो ब्याट्री ब्याकअपको सुविधा रहेको छ।
कम्पनीले ग्राहकलाई जुलाई ३१ भित्र आफ्नो नजिकको आधिकारिक होनोर बिक्री केन्द्रबाट होनोर ६०० शृङ्खलाको स्मार्टफोन खरिद गरी उक्त अफरको लाभ लिन आग्रह गरेको छ।




















प्रतिक्रिया