Logo

समाचार

ठूलो परिमाणको लागूऔषधसहित पोखराबाट पाँच भारतीय नागरिक पक्राउ



काठमाडौं । पोखरा महानगरपालिका–३२ मझुवाबाट ठूलो परिमाणमा लागूऔषधसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन्।

असार २८ गते राति प्राप्त गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले यूपी ५३ ईवाई ७७०४ नम्बरको भारतीय कार जाँच गर्दा डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल, बुप्रिनोर्फिन ६०० एम्पुलसहित कुल १,८४८ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की तथा पाँच थान मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका पाँचै जना भारतको उत्तर प्रदेश, गोरखपुरका बासिन्दा हुन्।

उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार १९:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।