Logo

अन्तर्राष्ट्रिय

इरान नाकाबन्दी पुनः लागू भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो



काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी पुनः लागू गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।

घोषणापछि अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेलको मूल्य प्रतिब्यारेल ८४ डलरभन्दा माथि पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य ७९ डलर नाघेको छ।

हर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनाव र ऊर्जा आपूर्तिमा अवरोध हुन सक्ने चिन्ताका कारण तेलको मूल्य उकालो लागेको विश्लेषण गरिएको छ। विश्वमा खपत हुने कच्चा तेलको करिब पाँचौँ भाग यही जलमार्ग हुँदै ढुवानी हुने गर्छ।

यद्यपि हालसम्म तेल आपूर्तिमा ठूलो अवरोध देखिएको छैन। तर, सम्भावित जोखिमका कारण तेल, डिजेल, पेट्रोल तथा हवाई इन्धनको मूल्यमा दबाब बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार ०७:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।