Logo

समाचार

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक



काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।

सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ । कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

केहीबेरअघि मात्रै नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले दुइतर्फी सडक आवागमन बन्द भएको छ । अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।

जसका कारण जनजीवन प्रभावित भएको छ ।केहीबेरअघि मात्रै नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले दुइतर्फी सडक आवागमन बन्द भएको छ । अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार ०७:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।