Logo

प्रमुख समाचार

चार संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

मंगलबार बिहान ८ः३० बजे बस्ने अर्थ समिति बैठक बस्ने भएको छ ।

आजको बैठकमा नेपाल वीमा प्राधिकारणसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची छ ।

आ.व. २०८३÷८४ मा नेपाल वीमा प्राधिकारणबाट भएगरेका मुख्य—मुख्य कामकारबाही सम्बन्धमा, बिमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थानरकम्पनीको ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमी तथा विविध विषयमा छलफल हुने कार्यसूची छ ।

आज बिहान ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

बिहान ८ः३० बजे बस्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक लेखा समितिको बैठक ९ बजे बस्ने भएको छ ।

बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार ०७:३४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।