काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ४.५११३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा बोनस शेयर ४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२५६ नगद लाभांश छन्।
यसैगरी सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी २ अर्ब ६४ करोड पुग्ने हुँदा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले नियमावली प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव प्राप्त भएमा सोही बमोजिमत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
२०८३ साल जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे छ ।




















प्रतिक्रिया