काठमाडौँ। इलाम कारागारबाट प्रशासनले ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ ।
कारागारका नाइके, चौकीदार र अर्का एक कैदी गरी ३ जनाबाट २४ हजार रुपैयाँ भारतीय नोटसहित यो रकम बरामद गरिएको हो ।
सिडिओ लक्ष्मण ढकालले कारागारको ७ नम्बर कोठाबाट यो रकम बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार कारागारमा अवैध रकम रहेको सूचनाका आधारमा प्रशासन कार्यालयका अधिकृतसहित प्रहरीको टोलीले छापा मारेको थियो ।
‘कारागारभित्रका ३ जनासँग यत्रो रकम कसरी जम्मा भयो भन्नेबारे अनुसन्धान गर्नेछौं,’ सिडिओ ढकालले भने, ‘स्रोत पुष्टि भए फिर्ता गर्नेछौं ।’




















प्रतिक्रिया