Logo

अर्थ

सेयर बजारमा उच्च अंकको वृद्धि, ४ अर्ब ५७ करोडकाे मात्रै कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ७९.७४ अंकले बढेर २,६७७ को विन्दुमा कायम भएको छ ।

आज २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस संस्थाका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार १५:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।