काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया