Logo

राजनीति

सभामुखले प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाए



काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको आगामी बैठकको तयारीका लागि प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार १४ साउनदेखि प्रतिनिधिसभाको बैठक पुनः सञ्चालन हुने भएकाले आवश्यक तयारीका लागि बैठक आह्वान गरिएको हो।

पछिल्लो समय सरकारले संसद्मा पर्याप्त विधायकी ‘बिजनेस’ उपलब्ध गराउन नसकेको र १५ असारयता प्रतिनिधिसभा क्यालेन्डरबिनै सञ्चालन हुँदै आएको अवस्थामा आगामी कार्यसूची र संसद् सञ्चालनबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार २१:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।