Logo

समाचार

विश्व हेपाटाइटिस दिवस मनाइँदै



काठमाडौं । आज विश्व हेपाटाइटिस दिवस मनाइँदै छ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने गरिन्छ ।

हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको तथ्यांक अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित १० जनामध्ये ९ जना यो रोगबारे अनविज्ञ रहने गरेका छन् ।

एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार ०७:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।